२०८३ साउन २१ गते बिहीबार

स्याङजामा हत्या अभियाेगमा परेका ४ जना पक्राउ

स्याङजामा हत्या अभियाेगमा परेका ४ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १३ गते बिहीबार ०६:३२

पाेखरा । हत्याकाे अभियोगमा स्याङजामा चार जना पक्राउ परेका छन । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न...

पाेखरा । हत्याकाे अभियोगमा स्याङजामा चार जना पक्राउ परेका छन ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही ठाउँका ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । पक्राउ परेकाहरुलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको स्वीकृति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षण गरी आज नै परिवारको जिम्मा लगाइएको छ ।

समाचारमा प्रयाेग भएकाे तस्विर सांकेतिक तस्विर हाे ।

प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०६:३२
हजुरको प्रतिक्रिया