पोखरा
पोखरा नगर रेस्टुरेन्ट तथा बार (सिटी रेबान) एसोसिएसन पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । सिटी रेबानको आज सम्पन्न आठौँ अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा आगामी तीन वर्षका लागि १३ सदस्सीय नयाँ नेतृत्व चयन गरेको हो ।
एशोसिएसनको उपाध्यक्षमा रामप्रसाद ज्ञवाली, महिला उपाध्यक्ष तुलसा जिसी, महासचिव मनोज केसी, सचिव केशव घिमिरे र कोषाध्यक्ष प्रेम सापकोटा चयन भए । यसैगरी सदस्यहरुमा बुद्धि पौडेल, वासुदेव दाहाल, शरण गुरुङ, पार्वती लम्साल बराल, सुमिता सिँह, विष्णु शर्मा र लुमाकुमारी कुँबर निर्विरोध निर्वाचित भए ।
अधिवेशनको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले उद्घाटन गर्दै व्यवसायीको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०४:१५