२०८३ साउन २१ गते बिहीबार

चैत्र दशैको नवरात्र शुरु भएसंगै कालिका मन्दिरमा धार्मिक पर्यटकको भिड

रोहन जि.सी

@Public 4K Tv

२०७९ चैत १३ गते सोमबार ०७:२२

चैत्राष्टमी पर्वलाई भव्य र सभ्य बनाउनका लागि कालिका भगवती गुठीले चैत्र १३ गते देखी १७ गते सम्म मेलाको पनि आयोजना गरेको छ ।

बागलुङ

चैत्र महिनाको नवरात्र शुरु भएसंगै बागलुङ कालिका भगवति मन्दिरमा धार्मिक पर्यटकको चाप बढ्न थालेको छ । नेपालकै प्रशिद्ध धार्मिक पर्यटकिय गन्तव्य मानिने कालिका मन्दिरमा बर्षेनी चैत्राष्टमी मेला लाग्ने गर्दछ ।

मन्दिरमा आउने भक्तजन लाई सहज रुपमा पुजा अर्चना गर्न पाउने व्यवस्था मिलाएको कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

धार्मिक पर्यटक भित्राउनका लागि मन्दिर व्यवस्थापन समितिले बिभिन्न पुर्वाधार समेत बनाएको छ । कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ पुग्दछन भने फोटो खिच्ने र टिकटक बनाउनेको समेत बाक्लो उपस्थिति देखिन्छ ।

१५ सय ९१ सालमा पर्वतका राजा प्रताप नारायण मल्ल संग र पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी संग बिबाह भएपछि मुर्ती दाईजो लैजान खोज्दा मुर्ति नउठेपछि मन्दिर स्थापना गरेर पुजाआजा शुरु गरिएको रोचक किम्वदन्ती छ ।
चैत्राष्टमी पर्वलाई भव्य र सभ्य बनाउनका लागि कालिका भगवती गुठीले चैत्र १३ गते देखी १७ गते सम्म मेलाको पनि आयोजना गरेको छ ।

ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेलाको अवसरमा आयोजित बिभिन्न कार्यक्रम, स्टल बुकिङ, रमाइलो मेला लगाएतको तयारी करिव करिव अन्तिम चरणमा पुगेको गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक खड्काले जानकारी दिए । मेलाको अवसरमा राष्ट्रिय खुल्ला लोक तथा दोहोरी प्रतियोगिता, कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानिय लोक संस्कृति प्रर्दशन र रथयात्रा गरिनेछ ।

मेलाकै अवसरमा रमाईलो मेला रहेको स्थानमा १ सय ६० व्यापारिक स्टल तथा कार्यक्रम हुने स्थानमा व्यापारिकका साथै स्थानिय उत्पादनको प्रर्वद्धनका निम्ती २२ वटा स्टलको व्यवस्थापन गरिएको  छ । मेला सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मेलाको औपचारिक उद्घाटन चैत १५ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले गर्नेछन् ।

प्रकाशित मिति २०७९ चैत १३ गते सोमबार ०७:२२
हजुरको प्रतिक्रिया