२०८३ असोज २४ गते शनिबार

नवलपुरबाट जंगल सफारी: बढे पर्यटक, हौसिए पर्यटनकर्मी

राजु सुवेदी

@Public 4K Tv

२०७९ चैत १६ गते बिहीबार ११:३२

सफारीका लागि चितवनको सौराहा, कसरा पुग्ने पर्यटक अचेल नवलपुरतर्फ बाँडिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत नवलपुरबाट जगंल सफारी सुरु भएपछि पर्यटक बढेका हुन ।

नवलपुर

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी गर्नलाई धेरैले सम्झन्छन् सौराहालाई । जंगली सफारी गर्न सौरहाको विकल्प बनेको छ नवलपुरको अमलटारी, पिप्रहर, पिठौली लगायतका स्थान । चितवन राष्ट्रिय निकुञ्जले नवलपुर क्षेत्रबाट पनि जंगल सफारीको अनुमति दिएसँगै पर्यटकको चाप बढेको छ ।

लोपोन्मुख एक सिंगे गैडा, बाघ, भालु, निल गाई, गौरी गाई, हरिण, मृग, जरायो, मयुर लगायतका जंगली जनवार र चराचुरुङगी अवलोकन गर्न पर्यटकको चाप बढेको छ । जंगल सफारी गर्न कोही जीपबाट त कोही पैदलै निकुञ्ज प्रवेश गर्छन । सफारीका लागि चितवनको सौराहा, कसरा पुग्ने पर्यटक अचेल नवलपुरतर्फ बाँडिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत नवलपुरबाट जगंल सफारी सुरु भएपछि पर्यटक बढेका हुन । नवलपुरको अमलटारी, पिप्रहर, पिठौली आसपासका होमस्टे र होटलमा पर्यटक बढ्दा सञ्चालक उत्साहित छन् ।

जंगल सफारी गर्न पिप्रहरबाट नारायणी पारी २ र अमलटारीबाट ५ वटा जिपको व्यवस्था मिलाइएको छ । डुंगाबाट नारायणी पार गरेर जिपमार्फत पर्यटकलाई निकुञ्जमा कम्तीमा ५ घण्टा जंगल सफारी गराउने गरिन्छ । घण्टौंसम्म जंगलमा रमाउन चितवन पुग्ने पर्यटकको पाइला नवलपुरतर्फ मोडिएको हो ।

नवलपुरमा ख्याती कमाएको अमलटारी लगायत १२ होमस्टे सञ्चालनमा छन् । पछिल्लो समय होमस्टे बस्न आउने पर्यटकको रोजाइमा जंगल सफारी पर्छ ।

जंगल सफारी गर्न पुग्नेहरुले जनावार र चराचुरुङ्गीको वासस्थानमा खलल पुर्याउने गतिविधिमा भने ख्याल राख्नुपर्छ ।

प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ११:३२
हजुरको प्रतिक्रिया