२०८३ साउन २१ गते बिहीबार

चापाकोट अस्पताल स्याङ्जामा दन्त उपचार सेवा सुरू

चापाकोट अस्पताल स्याङ्जामा दन्त उपचार सेवा सुरू

युवराज पौडेल

@Public 4K Tv

२०७९ चैत १६ गते बिहीबार १२:०८

चापाकोट नगर प्रमुख देवबहादुर खाँड (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्दिमान श्रेष्ठले सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

स्याङ्जा

चापाकोट अस्पताल स्याङ्जामा दन्त विभागको स्थापनासंंगै दन्त उपचार सेवा सुरू भएको छ । रोटरी क्लब अफ काठमाडौं नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लब अफ उकु जिङ्जोङ, न्यु ताइपे ताइवान डिस्ट्रिक्ट ३४९० र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा कान्तिपुर डेन्टल अस्पतालको सहयोगमा सो अस्पतालमा दन्त उपचार सेवा बुधबारबाट सुरू भएको हो ।

चापाकोट नगर प्रमुख देवबहादुर खाँड (ईश्वर) र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. बुद्दिमान श्रेष्ठले सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि चापाकोट नगरपालिकाका प्रमुख खाँडले दाँतको उपचारको लागि बाहिर जिल्ला जान नपर्ने गरी विभागमा स्थापना हुनु चापाकोटबासीका लागि खुसीको कुरा भएको बताए । कार्यक्रमका विशिष्ट अतिथि रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष तथा कान्तिपुर डेन्टल कलेज अस्पतालका अध्यक्ष रोटरियन डा. बुद्दिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको महत्वको बारेमा चर्चा गर्दै आफ्नै पालिकामा दन्त विभाग स्थापना गरि चापाकोटबासीलाई सेवा गर्न पाउँदा आफू गौरवान्वित भएको सुनाए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, अस्पतालका मेडिकल अधिकृत डा विक्रम तिवारीलेलगायतले बोलेका थिए भने अध्यक्षता चापाकोट अस्पताल विकास समितिका अध्यक्ष उत्तम आचार्यले गरेका थिए ।अस्पतालमा करिब २० लाख रुपैयाँ बराबरको दन्त स्वास्थ्य सम्बन्धी उपकरणको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार १२:०८

हजुरको प्रतिक्रिया