२०८३ साउन २१ गते बिहीबार

शुक्रबारदेखि कुश्मामा अत्यावश्यक बाहेकका सवै सेवा बन्द

शुक्रबारदेखि कुश्मामा अत्यावश्यक बाहेकका सवै सेवा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १४ गते शुक्रबार ११:३९

पोखरा । कोरोना संक्रमण बढेपछि पर्वत कुश्मा नगरपालिकामा शुक्रबारदेखी अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिमल गौतमका अनुसार शुक्रबार राती १२ बजेदेखी ७ दिनसम्म कुश्मा बजार बन्द गराउने निर्णय...

मानिसहरुको भिडभाड हुने बजारसमेत बन्द हुने

पोखरा । कोरोना संक्रमण बढेपछि पर्वत कुश्मा नगरपालिकामा शुक्रबारदेखी अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बिमल गौतमका अनुसार शुक्रबार राती १२ बजेदेखी ७ दिनसम्म कुश्मा बजार बन्द गराउने निर्णय भएको हो ।

कुश्मामा रहेका सम्पुर्ण बैक तथा बित्तिय सस्था र अति आबश्यक बाहेकका सम्पुर्ण पसलहरु पनि बन्द गराउने डिसिसिएमसिको बैठकले निर्णय गरेको छ । कात्तिक २१ गतेसम्म कुश्मा नगरपालिका ४,५,६,७ वडा कार्यलय बन्द रहनेछन् । यसैगरि कुश्मा नगरपालिकाकाे सेवा समेत बन्द रहने छ ।

कुश्मा बजारमा पसल संचालन गरेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार बन्द गर्न लागिएको हो ।

पर्वतमा हाल सम्म २ जनाको मृत्यु भैसकेको छ । भने विहिबारसम्म १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति २०७७ कात्तिक १४ गते शुक्रबार ११:३९
हजुरको प्रतिक्रिया