२०८३ साउन २१ गते बिहीबार

पोखराको न्यूरोडमा माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

पोखराको न्यूरोडमा माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १७ गते शुक्रबार ०६:५९

पोखराको न्यूरोडमा मिनी माइक्रोले शुक्रबार स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पोखरा । पोखराको न्यूरोडमा मिनी माइक्रोले शुक्रबार स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मिनी माइक्रोले ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका–८ का ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चिप्लेढुंगाबाट आउँदै गरेको माइक्रोले सोही दिशाबाट आइरहेको स्कुटरलाई ठक्कर दिएको थियो ।

ग ५ प ९४ नम्बरको स्कुटरलाई ग १ ज ४५४० नम्बरको मिनी माइक्रोले ठक्कर दिएको हो ।

घटनापछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिएको थियो । प्रहरीका अनुसार माइक्रोले स्कुटर चालकलाई सडकमै घिसारेर ३३ मिटर तल पु¥याएको थियो ।

प्रहरीले सवारी चालक र माइक्रोलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति २०७९ चैत १७ गते शुक्रबार ०६:५९
हजुरको प्रतिक्रिया