स्याङ्जा
नेपाल विद्यालय कर्मचारी परिषद स्याङ्जाको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमितिको गठन गर्दै सम्पन्न भएको छ ।
अधिवेशनबाट चिरञ्जीवी न्यौपानेको अध्यक्षता, उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, महिला उपाध्यक्ष कमला सुवेदी, सचिव ध्रुव पंगेनी, कोषाध्यक्ष भगवती थापा, सह सचिव चिरञ्जीवी सुवेदी, सदस्य रेखा थापा, यशोधा गुरुङ, खेमनरायण देवकोटा, नवीन तिमिल्सिना रहेका छन् ।
केही समयदेखि विद्यालयमा कार्यरत कर्मचारीहरु सङ्गठित बनेका छन् । हाल विद्यालय कर्मचारीले मासिक पारिश्रमिक १७ हजार पाउँछन् ।
प्रकाशित मिति २०७९ चैत १९ गते आइतबार ०५:०३