२०८३ साउन २१ गते बिहीबार

कोरोनाबाट पोखरा-९ की एक महिलाको ज्यान गयाे

कोरोनाबाट पोखरा-९ की एक महिलाको ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १५ गते शनिबार ०१:२१

पाेखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षीय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा...

प्रदेशमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७६ पुग्याे

पाेखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षीय महिलाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रमा आज बिहान ८ बजे ज्यान गएको हो ।

कार्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनको सोही उपचार केन्द्रको आइसियुमा उपचार भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी २३ औं व्यक्ति हुन् ।

प्रकाशित मिति २०७७ कात्तिक १५ गते शनिबार ०१:२१
हजुरको प्रतिक्रिया