२०८३ असोज २४ गते शनिबार

सांसद विद्या भट्टराईको प्रश्नः पोखरामा अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २४ गते शुक्रबार ०२:०४

उनले उडानका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् ।

पोखरा

प्रतिनिधि सभा सदस्य विद्या भट्टराइले पोखराको पर्यटन, पर्यटन व्यवसायीको माग तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानबारे ससंदमा ध्यानकर्षण गराएकी छन् ।
बिहिबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद भट्टराइले विमानस्थल उद्घाटन भएको ४ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान किन हुन सकेन भनि प्रश्न गरिन् ।

उनले उडानका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । उनले पोखराको पर्यटन व्यवसायीलाई बैंकले प्रदान गरेको कर्जाको ताकेता चैत मसान्तसम्म रहेको तर दायित्व मिलान गर्न असारसम्मको समय प्रदान गरि राहत प्रदान गर्न आग्रह पनि गरिन् ।

प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ०२:०४
हजुरको प्रतिक्रिया