२०८३ साउन २१ गते बिहीबार

सेनाको साइबर स्पेस हमला गरेको आरोपमा पोखराबाट युवक पक्राउ

सेनाको साइबर स्पेस हमला गरेको आरोपमा पोखराबाट युवक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २४ गते शुक्रबार ०९:०१

पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्दै आएका २१ वर्षीय सागर ढकाल पक्राउ परेका हुन् ।

पोखरा । नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर हमला गरेको आरोपमा प्रहरीले पोखराबाट एक युवकलाई पक्रेको छ ।

प्रहरीको साइबर ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्दै आएका २१ वर्षीय सागर ढकाल पक्राउ परेका हुन् ।

स्याङ्जाको वालिङ नगरपालिका– १० घर भएका उनलाई साइबर ब्युरोबाट खटिएको टोलीले बिहीबार बाटुलेचौरको डेराबाटै पक्राउ गरेको रायले बताए ।

ढकालमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराधअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ०९:०१
हजुरको प्रतिक्रिया