२०८३ साउन २१ गते बिहीबार

लाइन काटेपछि स्याङ्जामा उठ्यो ४० लाख ३३ हजार रूपैयाँ राजस्व

लाइन काटेपछि स्याङ्जामा उठ्यो ४० लाख ३३ हजार रूपैयाँ राजस्व

युवराज पौडेल

@Public 4K Tv

२०७९ चैत २६ गते आइतबार ०७:५५

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्मको औषत विद्युत चुहावट प्रतिशत १२.६७ प्रतिशत छ ।

स्याङ्जा । विद्युत प्राधिकरण स्याङ्जाले महशुल नतिर्ने ५ सय ३३ उपभोक्ताको लाइन काटेपछि पुनः जडानबाट ४० लाख ३३ हजार ४७२ रूपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्मको औषत विद्युत चुहावट प्रतिशत १२.६७ प्रतिशत छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको औसत विद्युत चुहावट घटेर ९.२९ प्रतिशत भएको कार्यालयका सहायक इन्जिनियर डिलबहादुर आलेले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण केन्द्रले विद्युत सुरक्षा दिवसको अवसरमा ‘विद्युत सुरक्षा दिवस २०७९’ आइतबार जनचेतनामूलक कार्यक्रम गरेको छ । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ कार्यालयका कर्मचारीसहितले प्रभातफेरी गरेका हुन् ।

प्रभातफेरी कालिमाटी, बाडखोला चोक, मझुवा हुँदै पुनः कार्यालयमा पुगेर सकिएको थियो । प्रभातफेरी कार्यक्रमसँगै विद्युतीय सुरक्षाका उपकरणहरु प्रदर्शनी एवम् प्रशिक्षण कार्यक्रम गरिएको प्राधिकरण स्याङ्जा वितरण केन्द्रका प्रमुख ई. प्रताप बरालले बताए ।

प्रकाशित मिति २०७९ चैत २६ गते आइतबार ०७:५५
हजुरको प्रतिक्रिया