२०८३ साउन २१ गते बिहीबार

एकाबिहानै पाेखराका १०० जनासहित गण्डकी प्रदेशमा थप १८८ संक्रमित थपिए

एकाबिहानै पाेखराका १०० जनासहित गण्डकी प्रदेशमा थप १८८ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १६ गते आइतबार ०९:००

पाेखरा । आइतबार एकाबिहानै पाेखरा महानगरपालिकामा थप १०० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । रूपा गाउँपालिकाका २ जना सहित कास्कीमा १०२ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । आइतबार...

गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ७५०४

पाेखरा । आइतबार एकाबिहानै पाेखरा महानगरपालिकामा थप १०० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । रूपा गाउँपालिकाका २ जना सहित कास्कीमा १०२ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

आइतबार बिहान ८ : 00 बजेसम्म निर्देशनालयले जारी गरेकाे विज्ञप्ती अनुसार गण्डकी प्रदेशमा थप १८८ जनामा काेराेना पुष्टि भएकाे छ । जसअनुसार कास्कीमा १०२ जना, नवलपरासीमा ३१ जना, गाेरखामा ११ जना, तनहुँमा २१ जना, लमजुङमा ११ जना, स्याङजामा ६ जना, बाग्लुङमा ३ जना, पर्वतमा २ जना र म्याग्दीमा १ जना संक्रमित भेटिएकाे निर्देशनालयले जनाएकाे हाे ।

यससंगै गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ७ हजार ५०४ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार ०९:००
हजुरको प्रतिक्रिया