२०८३ असोज २४ गते शनिबार

अडियो प्रकरणबारे रास्वपाले संसदमा माग्यो माफी

अडियो प्रकरणबारे रास्वपाले संसदमा माग्यो माफी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २७ गते सोमबार ०२:४८

सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागे ।

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आईतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सोमबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उनले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागे ।

उनले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने बताए । प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पारे ।

प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ०२:४८
हजुरको प्रतिक्रिया