२०८३ असोज २४ गते शनिबार

पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु निर्वाचन

पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु निर्वाचन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २८ गते मंगलबार ०९:०६

बुधबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखराको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन वैशाख ३ गते हुने भएको छ ।

निर्वाचन समितिले गत चैत ५ गते हुने नसकेको निर्वाचन आगामी वर्ष वैशाख ३ गते गर्ने गरी सोमबार कार्यतालिका प्रकाशन गरेको छ । बुधबार उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

चैत ३० गते राति १२ बजेदेखि मौन अवधि सुरू हुनेछ । पृथ्वीनारायण क्याम्पसमा १० हजार ८७० जना मतदाता छन् ।

यसअघि विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । पछि निर्वाचन समितिले काम गर्न नसकिने भन्दै क्याम्पस प्रमुखलाई पत्र पठायो । विद्यार्थी संगठन ताला खोल्न सहमत भएपछि निर्वाचन समिति काम गर्न तयार भएको हो ।

पोखराको ६ वटा क्याम्पसमध्ये वन विज्ञान अध्ययन संस्थानमा मात्र स्ववियु निर्वाचन भएको छ । त्यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुका समिर कार्की निर्वाचित भएका छन् ।

हालै कार्यतालिका प्रकाशित पृथ्वीनारायणबाहेक पोखराको पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, विन्ध्यावासिनी संस्कृत विद्यापीठ र पोखरा नर्सिङ क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।

प्रकाशित मिति २०७९ चैत २८ गते मंगलबार ०९:०६
हजुरको प्रतिक्रिया