२०८३ साउन २१ गते बिहीबार

जिप दुर्घटनामा एकै गाउँका ६ को मृत्यु

जिप दुर्घटनामा एकै गाउँका ६ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २९ गते बुधबार ०६:५४

जिपमा सवार अन्य पाँच जना सडकमा हामफालेर जोगिएका छन् । उनीहरु सकुशल रहेको प्रहरीको भनाइ छ ।

बझाङको बाँझ गाउँ शोकमा

बैतडी

जिप दुर्घटना हुँदा  एकै गाउँका ६ जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेतिर  बैतडीकाे जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

जिप दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ३५ वर्षीय गोरख बोहरा, ४० वर्षीय नरे बोहरा, ४५/४५ वर्षका मानबहादुर धामी, बिर्ख धामी, वीरे धामी र ६० वर्षीय मने बोहरा मृत्यु भएको हो । उनीहरू सबै बाँझका हुन् । एकै गाउँका ६ जनाको मृत्यु भएपछि बाँझ गाउँ शोकमा डुबेको छ ।

जिपमा सवार अन्य पाँच जना सडकमा हामफालेर जोगिएका छन् । उनीहरु सकुशल रहेको प्रहरीको भनाइ छ । से१ज ७६४ नम्बरको जिपका चालक सम्पर्कविहीन छन् । बैतडीकाे झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०६:५४
हजुरको प्रतिक्रिया