२०८३ साउन २१ गते बिहीबार

भ्रमणका लागि १ सय ८१ चिनियाँ पर्यटक नेपाल आए, पोखरा पनि घुम्ने योजना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३० गते बिहीबार १२:४२

चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने योजना रहेको छ ।

पोखरा

चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरु काठमाडौंमा आइपुगेका छन् ।

नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार १८१ जनाको समूह विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे ।

हिमालय एयरलाइन्सको विमान चार्टर गरेर १८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिव ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् ।

चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताए । चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाईमा ३ दिन टे«किङ जाने र ४ दिन काठमाडौं पोखरा घुम्ने योजना रहेको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्वपूर्ण भुमिका रहेको बताए । त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ उर्जा थपेको बताए ।

कोरोना महामारी पश्चात चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचिमा राखेको थियो । नेपाल गन्तव्य मुलुकमा परेपश्चात चार्टर उडानमार्फत नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत आएका हुन् ।

प्रकाशित मिति २०७९ चैत ३० गते बिहीबार १२:४२

हजुरको प्रतिक्रिया