पोखरा । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे चयन भएका छन् ।
नेपालगन्जमा सोमबार सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि मंगलबार निर्वाचन प्रकृया सुरु भएको थियो ।
अध्यक्षसहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुको मनोनयन दर्ता भएपछि फेरि एमाले नेताहरु महेश बस्नेत, राजीव पहारीलगायतको पहलमा सहमतिमा कमिटी चयन भएको हो ।
सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ । सुमन पुरी महासचिव बनेका छन् ।
उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।
उपमहासचिवमा शिवबहादुर (महेन्द्र) गुरुङ र राजन थापा, सचिवमा विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।
उपमहासचिव बनेका महेन्द्र गण्डकी प्रदेशका हुन् । कास्कीका उनी युवा संघको गण्डकी प्रदेश कमिटी अध्यक्ष पनि हुन् । पदाधिकारीमा गण्डकीका अरु कोही पनि पर्न सकेनन् ।
प्रकाशित मिति २०७९ चैत ३० गते बिहीबार ०१:३२




