२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशले व्यक्ति तथा संस्थालाई दिने आर्थिक सहायतामाथि महालेखा परीक्षकले प्रश्न गर्‍यो

गण्डकी प्रदेशले व्यक्ति तथा संस्थालाई दिने आर्थिक सहायतामाथि महालेखा परीक्षकले प्रश्न गर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १ गते शुक्रबार ०८:३९

आर्थिक वर्ष २०७६-०७७ मा ५८ करोड र ०७७-०७८ मा २ करोड आर्थिक सहायता वितरण भएको थियो । अघिल्ला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि जाँदाजाँदै ६६ लाख रुपैयाँ सहायता बाँडेका थिए ।

पोखरा

महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश सरकारले व्यक्ति तथा संस्थालाई दिने आर्थिक सहायतामाथि प्रश्न उठाएको छ । गण्डकी प्रदेशले जारी गरेको आर्थिक सहायता कार्यविधि २०७६ मा व्यक्तिगत सहायता २५ हजार, संस्थागत सहायता १ लाख रुपैयाँसम्म मुख्यमन्त्रीको ताके आदेशबाट सोझै दिन सकिने व्यवस्था छ । सोभन्दा माथिको रकम मन्त्रिपरिषदको निर्णयबाट दिनु पर्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपारिषदको कार्यालयले अघिल्लो आर्थिक वर्षमा औेषधि उपचार, खेलकुद प्रतियोेगिता, लोकसेवा तयारी कक्षा लगायतका कार्यमा ४०८ जनालाई १ करोड ३७ लाख र संस्थागततर्फ खुलकुद प्रतियोगिता, गुम्बा व्यवस्थापन सहायता लगायत कार्यका लागि ९१ संस्थालाई १ करोड ६ लाख ७२ हजारसमेत गरी २ करोड ४३ लाख ७२ हजार आर्थिक सहायता वितरण गरेको थियो । यसरी आर्थिक सहायता वितरण गर्ने प्रवृति गलत भएको भन्दै नियन्त्रण गर्न महालेखाले प्रदेश सरकारकलाई आग्रह गरेको हो ।

आर्थिक वर्ष २०७६-०७७ मा ५८ करोड र ०७७-०७८ मा २ करोड आर्थिक सहायता वितरण भएको थियो । अघिल्ला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि जाँदाजाँदै ६६ लाख रुपैयाँ सहायता बाँडेका थिए । अघिल्लो आर्थिक वर्षमा गण्डकीले ९ करोड २२ लाखको सवारी साधन खरिद गरेको थियो । सवारी साधन खरिदमा मापदण्डको पालना पनि नगरिएको र मितव्ययिता कायम गर्न पनि महालेखाले भनेको छ ।

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७८-८९ मा मात्र २ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ रकमान्तर गरेको छ । असार महिनामा मात्र गरिएको यस्तो रकमान्तरमा नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ । बेरुजू प्रदेशमध्ये सबैभन्दा कम गण्डकी प्रदेशमा देखिएकोे छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी ३.९२ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम १.२३ प्रतिशत बेरुजू रहेको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार गण्डकी प्रदेशले ल्याएको निजामति सेवा ऐन संघीय निजामती ऐनसँग बाझिएको छ । प्रदेशले जारी गरेको ऐनमा तह, पदपूर्ति, समावेशी बनाउन गरिने प्रतिस्पर्धाको प्रतिशत सचिवको पदावधि, अनिवार्य अवकाश, प्रदेश सचिव तथा प्रशासकीय अधिकारीको पद सम्बन्धी व्यवस्था विद्यामान निजामती सेवा ऐनसँग बाझिएको हो ।

प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार ०८:३९
हजुरको प्रतिक्रिया