२०८३ साउन २१ गते बिहीबार

पोखराबाट हुने उडान वायु प्रदूषणले प्रभावित

पोखराबाट हुने उडान वायु प्रदूषणले प्रभावित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २ गते शनिबार ११:४४

वायु प्रदूषणले भिजिबिलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । विमानस्थलमा शुक्रबारदेखि उडान-अवतरण प्रभावित भएको हो ।

पोखरा । वायु प्रदूषणले भिजिबिलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । विमानस्थलमा शुक्रबारदेखि उडान-अवतरण प्रभावित भएको हो ।

शुक्रबार बिहान जहाज उडे पनि दिउँसोदेखि उडान नभएका हुन् । आज शनिबार दिउँसोसम्म पनि उडान नभएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । बिहान ६ बजेदेखि राति १२ बजेसम्म संचालित विमानस्थलमा वायु प्रदूषणले भिजिबिलिटी नपुग्दा उडान नभएका हुन् ।

‘विमानस्थलमा जहाज अवतरण गर्न कम्तिमा ३८ सय मिटरको भिजिविलिटी चाहिन्छ । तर भिजिबिलिटी २ हजार मिटर मात्र छ’, गौतमले भने, ‘उडानका लागि चाहिने भिजिबिलिटी नहुँदा उडान प्रभावित भएको हो ।’

गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थमा प्रविधिमा आधारित भएर गरिने उडान (आइएफआर) भए पनि ३८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भिएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँच हजार मिटर भिजिबिलिटी चाहिन्थ्यो ।

उडान नहुँदा नयाँ वर्षमा पोखरा घुम्न आउने पर्यटक प्रभावित भएका छन् । पोखराबाट अहिले बुद्ध, यती, श्री र सौर्य लगायतका हवाई कम्पनीले उडान गर्दै आएका छन् ।

प्रकाशित मिति २०८० वैशाख २ गते शनिबार ११:४४
हजुरको प्रतिक्रिया