२०८३ साउन २१ गते बिहीबार

पोखराको नहरमा पुरुषको शव फेला

पोखराको नहरमा पुरुषको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ४ गते सोमबार ०८:०९

 शव सडेको नभएकाले मर्निङवाकका क्रममा चिप्लिएर ती पुरुष आज बिहान नै नहरमा खसेको अनुमान प्रहरीले गरेको छ ।

पोखरा

पोखराको सेती नदीको नहरमा पुरुषको शव भेटिएको छ ।

पोखरा १३ कुँडहर फाँटस्थित दुई कुलाको मुहानमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । शवलाई नहरबाट निकालेर पोष्टर्माटको लागि अस्पताल लागिएको छ ।

शव सडेको नभएकाले मर्निङवाकका क्रममा चिप्लिएर ती पुरुष आज बिहान नै नहरमा खसेको अनुमान प्रहरीले गरेको छ । स्थानीयले नहरमा शव तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रकाशित मिति २०८० वैशाख ४ गते सोमबार ०८:०९
हजुरको प्रतिक्रिया