२०८३ साउन २१ गते बिहीबार

नेकपा एस छोडेका नेता जंगली एमाले प्रवेश

नेकपा एस छोडेका नेता जंगली एमाले प्रवेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ५ गते मंगलबार ०३:४५

उनीसहित पोखरा महानगरपालिकाका मेयर एवं समाजवादीका केन्द्रीय सदस्य धनराज आचार्यका भतिज खेमराज आचार्य पनि एमाले प्रवेश गरेका छन् ।

पोखरा । नेकपा एकीकृत समाजवादी छोडेका कास्कीका नेता चुणामणि जंगली नेकपा एमाले फर्किएका छन् ।

उनीसहित पोखरा महानगरपालिकाका मेयर एवं समाजवादीका केन्द्रीय सदस्य धनराज आचार्यका भतिज खेमराज आचार्य पनि एमाले प्रवेश गरेका छन् ।

मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले जंगली र आचार्यसहित एक दर्जन नेता/कार्यकर्तालाई मुख्यमन्त्री एमालेमा स्वागत गरेका हुन् ।

जंगलीले गत फागुन दोस्रो हप्ता एकीकृत समाजवादी छोडेका थिए ।

समाजवादी स्रोतले बताएअनुसार मेयर आचार्यसँग भने खेमराजको सम्बन्धमा दरार छैन ।

पार्टी बन्ने सम्भावना नरहेको भन्दै उनले एकीकृत समाजवादी छोडेका हुन् ।

खेमराज धनराज मेयर निर्वाचित भएपछि ६ महिना उनको सचिवालयमा थिए । खेमराज प्याराग्लाइडिङ कम्पनी सञ्चालक हुन् ।

प्रकाशित मिति २०८० वैशाख ५ गते मंगलबार ०३:४५
हजुरको प्रतिक्रिया