२०८३ साउन २१ गते बिहीबार

स्वर्णिम जत्तिको बौद्धिक म पनि हुँ: गोविन्द भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ७ गते बिहीबार ०४:११

उनले आफू अर्थशास्त्रको विद्यार्थी  र पीएचडी स्कोलर  रहेका कारण अर्थतन्त्र सुधारका लागि आफूसँग पनि योजना रहेको बताए ।

पोखरा

तनहुँ १ उपनिर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले गोविन्दराज जोशीले आफूलाई सहयोग गर्नुपर्ने बताए । पब्लिक टेलिभिजनको कार्यक्रम द भ्यूको निर्वाचन विशेष कार्यक्रममा बोल्दै भट्टराईले गोविन्दराज जोशीलाई आफूले पहिले सहयोग गरेका कारण आफूलाई पनि जोशीले सहयोग गर्नुपर्ने हक लाग्ने बताए । उनले रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई इंगित गर्दै वाग्ले जत्तिकै बौद्धिक आफू पनि रहेको सुनाए । उनले आफू अर्थशास्त्रको विद्यार्थी  र पीएचडी स्कोलर  रहेका कारण अर्थतन्त्र सुधारका लागि आफूसँग पनि योजना रहेको बताए ।

कार्यक्रम पुरा हेर्नुहोस् 

 

प्रकाशित मिति २०८० वैशाख ७ गते बिहीबार ०४:११
हजुरको प्रतिक्रिया