२०८३ साउन २१ गते बिहीबार

पोखराको मौसम सफा

पोखराको मौसम सफा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ९ गते शनिबार ०८:३८

पोखरामा हिजो २ दशमवल ३ मिलीमिटर पानी परेको छ ।

पोखरा

पोखराको मौसम खआज सफा भएको छ । हिजो पानी परेसँगै पोखराको मौसम आज बिहानैदेखि सफा भएको हो । पोखरामा घाम लागेको छ भने हिमाल, डाँडाकाँडा छर्लंग देखिएका छन् । पोखराको आकाश पनि सफा छ । केही दिनदेखिको खडेरीले गर्मीको उकुसमुकुस खेपेका पोखरेलीले पानी परेपछि केहि राहतको महसुस गर्न पाएका छन् ।

पोखरामा हिजो २ दशमवल ३ मिलीमिटर पानी परेको छ । शुक्रबार पोखराको अधिकतम तापक्रम २७ दशमलव २ डिग्री सेल्सियस रहेको थियो । देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण केही दिनदेखि वायु प्रदूषण हुँदा स्वास्थ्यमा समेत समस्या भएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । गण्डकी प्रदेशसहित सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा मौसम बदलीसँगै हल्का पानी पर्ने सम्भावना रहेको जनाइएको छ । पानी परेपछि डढेलो, प्रदूषण र तापक्रम घट्ने मौसमविद्को अनुमान छ ।

 

प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार ०८:३८
हजुरको प्रतिक्रिया