२०८३ साउन २१ गते बिहीबार

अब कसरी अघि बढ्छ नयाँ सरकार गठनको प्रक्रिया ? (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १० गते आइतबार ०९:१३

संविधानको धारा १६८ को २ र ३ मध्ये एउटा धारा टेकेर प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठन गर्न आह्वान गर्ने छन् ।

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेसँगै अब संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अन्योल छ । संविधानको धारा १६८ को २ वा ३ मध्ये एउटा धारा टेकेर प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सरकार गठन गर्न आह्वान गर्ने छन् ।

संविधानको धारा १६८ को २ ले कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ ।

धारा १६८ को उपधारा ३ मा मुख्यमन्त्रीले विश्वासको मत पाउन नसके प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । सरकार गठन कुन बुँदबाट गर्ने भन्नेमा कांग्रेस र माओवादी दुबैको फरकफरक मत देखिन्छ । कांग्रेसले जुन धारामा टेके पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने पक्षमा छ ।

माओवादी केन्द्र भने संविधानको धारा १६८ को २ अनुसार बहुमतको सरकार बनाउनुपर्ने पक्षमा छ । ठूलो दलको हैसियतले सरकार गठन हुँदा कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने छन् । तर, माओवादी केन्द्र बहुमतको सरकार बनाएर आफूले मुख्यमन्त्री पाउनुपर्ने पक्षमा छ ।

विगतको नजिर हेर्दा प्रदेश प्रमुखले धारा १६८ (२) ले दोहोर्‍याएर सरकार गठन आव्हान् गरेकाले यसपटक पनि त्यही सम्भावना देखिन्छ । कुन धारा अनुसार सरकार गठन गर्ने भन्नेमा प्रदेश प्रमुख कानुनी परामर्शमा रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८० वैशाख १० गते आइतबार ०९:१३
हजुरको प्रतिक्रिया