२०८३ साउन २१ गते बिहीबार

बिहीबार थप १११ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

बिहीबार थप १११ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १४ गते बिहीबार ०७:०३

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हाे । २ हजार ५१७...

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हाे ।

२ हजार ५१७ जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

प्रकाशित मिति २०८० वैशाख १४ गते बिहीबार ०७:०३
हजुरको प्रतिक्रिया