२०८३ साउन २१ गते बिहीबार

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १८ गते सोमबार ०७:५६

२००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ ।

पोखरामा  विविध कार्यक्रम गरी मनाइँदै

पोखरा

आज मे १ अर्थात् १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरामा पनि विभिन्न श्रमिकसँग सम्बन्धित संघ संस्थाले कार्यक्रम गरी मनाउँदैछन् । जिफन्ट कास्कीले आज पोखरामा रयालीसहित कोणसभा गर्दैछ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसले हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षाका लागि विश्वभरका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमजीवीलाई शुभकामना दिँदै उनले मुलकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको बताएका छन् ।

प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । मजदुर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने उल्लेख छ ।मजदुर दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले पनि शुभकामना दिएका छन् ।

प्रकाशित मिति २०८० वैशाख १८ गते सोमबार ०७:५६

हजुरको प्रतिक्रिया