२०८३ साउन २१ गते बिहीबार

घरमा ट्रक ठोक्किंदा तनहुँमा ३ जनाको मृत्यु

घरमा ट्रक ठोक्किंदा तनहुँमा ३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २० गते बुधबार ०४:०६

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टदा ३ जनाको मृत्यु भएको हो ।

तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा घरमा ट्रक ठोक्किदा ३ जनाको मृत्यु भएको छ । बुधबार विहान ९ बजेर २० मिनेटको समयमा पृथ्वीराजमार्गमा गुडिरहेको ट्रक पल्टिएर सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टदा ३ जनाको मृत्यु भएको हो । ६७ वर्षीय सनबहादुर भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र १२ वर्षीय आयुस भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँण ठकुरीले बताए । ‘दुर्घटनामा ८ जना घाइते भएका थिए । सबैलाई उपचारका लागि पूरानो मेडिकल कलेज चितवन पठाएका थियौं । ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ’, उनले भने ।

घाइते ५ जनाको उपचार भइरहेको छ । उपचाररत ५ जना बालबालिका हुन् । १० वर्षका जस्मिन र इश्वर भुजेल, ८ वर्षका समिर भुजेल, ६ वर्षकी आयुसा भुजेल र ५ वर्षका सन्तोष भुजेलको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

बन्दीपुर–१ घर भएका उनीहरुको अस्थायी बसोबास आँधीखोलामा थियो । दुर्घटनापछि स्थानीयले करिब ४ घण्टा पृथ्वीराजमार्ग अबरुद्ध पारेका थिए ।

प्रकाशित मिति २०८० वैशाख २० गते बुधबार ०४:०६
हजुरको प्रतिक्रिया