२०८३ साउन २१ गते बिहीबार

अल्पमतको सरकारले एक अर्बका योजना हालेछ, पुनर्विचार गर्छौं : सुरेन्द्रराज पाण्डे (भिडियो)

अल्पमतको सरकारले एक अर्बका योजना हालेछ, पुनर्विचार गर्छौं : सुरेन्द्रराज पाण्डे (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २१ गते बिहीबार ०८:२३

रकमान्तर गरिएका योजना जनमुखी नभई राजनीतिक स्वार्थ देखिए उल्ट्याउनेसम्मको अवस्था रहने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अघिल्लो सरकार अल्पमतमा हुँदाहुँदै योजनामा बजेट रकमान्तर गरेको पाइएको बताएका छन् ।

विश्वासको मत लिएपछि बिहीबार पत्रकारसँग कुरा गर्दै उनले निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीको नाम नलिई अल्पमतको सरकारले चार–पाँच वटा योजना हालेको दाबी गरे । त्यसरी हालिएका योजना करिब एक अर्ब रूपैयाँ हारहारी रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘पछिल्लो चरणमा कामचलाउ सरकार भइसेकेपछि, अल्पमतमा परेपछि धेरै योजनालाई अगाडि बढाएको पाएका छौं । अब ती योजनाको आवश्यकता हेर्छौं,’ उनले भने, ‘आवश्यकताका आधारमा छुट्टाइएका हुन् कि राजनीतिक स्वार्थले हुन् अध्ययन गर्छौं । हामी आएपछि पनि त्यही नै हुन्थ्यो भने पूर्वाग्रही हुँदैनौं।’

रकमान्तर गरिएका योजना जनमुखी नभई राजनीतिक स्वार्थ देखिए उल्ट्याउनेसम्मको अवस्था रहने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

एमाले दल नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री बनेका थिए । चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले वैशाख ९ गते विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा राखेका थिए । त्यो प्रस्ताव पारित नभएपछि उनी नेतृत्वको सरकार ढलेको थियो । त्सपछि कांग्रेस दल नेता पाण्डे वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति २०८० वैशाख २१ गते बिहीबार ०८:२३
हजुरको प्रतिक्रिया