२०८३ साउन २१ गते बिहीबार

सार्वजनिक बिदाको दिनमा कास्की प्रशासन खुल्ने

सार्वजनिक बिदाको दिनमा कास्की प्रशासन खुल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २२ गते शुक्रबार ०९:५०

नागरिकतासम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन पाइने

पोखरा
जिल्ला प्रशासन कार्यलय कास्की सार्वजनिक बिदाका दिन पनि खुल्ने भएको छ ।

आज बुद्ध जयन्तीका दिन सरकारले सार्वजनिक बिदा दिएको भए पनि कास्कीमा अत्यावश्यक कामको भने सेवा लिन पाइने भएको हो । जिल्ला प्रशासन कास्कीले बिहीबार एक सूचना जारी गरी शुक्रबार नागरिकतासम्बन्धी सेवा, राहदानीसम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिन पाइने जानकारी दिएको हो ।

एसियाको ज्योति भनेर चिनिने गौतम बुद्ध जन्मिएको दिनलाई सरकारले बुद्ध पूर्णिको रुपमा मनाउँदै सार्वजनिक बिदा दिँदै आएका छन् ।

 

प्रकाशित मिति २०८० वैशाख २२ गते शुक्रबार ०९:५०
हजुरको प्रतिक्रिया