२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा सरकार विस्तार कहिले ?

गण्डकीमा सरकार विस्तार कहिले  ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २३ गते शनिबार ०८:३१

कांग्रेसमा आकांक्षी धेरै र माओवादीसँग मन्त्रालय भागबन्डा नमिल्दा सरकार विस्तार केही दिन लम्बिने भएको छ ।

पाेखरा

सत्ता साझेदार दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा गण्डकी प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डामा सहमति नजुटेपछि मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि २१ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री नियुक्ति हुने दिन भने उनले एक सातामा मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका थिए ।

उनले विश्वासको मत लिएको पनि २ दिन बिते पनि सरकार विस्तारको कुनै छाटकाट देखिएको छैन । सत्ता गठबन्धनबीच मन्त्रालय संख्या टुंगो नलाग्दा सरकार विस्तारमा ढिलाइ भएको सत्ता साझेदार दलका सांसदको भनाइ छ । नेपाली कांग्रेसका सांसदका अनुसार माओवादीले ३ मन्त्रालय दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चमानले आफूहरुले ३ वटा मन्त्रालय दाबी गरिहेको बताएका छन् । माओवादीसँगको भागबण्डा मात्र नभएर कांग्रेसमा मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मुख्यमन्त्री पाण्डेलाई मन्त्रिपरिषद् विस्तारमा सकस भएको हो । कांग्रेसबाट लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा, प्रकाश बराल, सरस्वति गुरुङ, बागलुङका जीत शेरचन, डिल्ली सुवेदी र पर्वतकी रेखा गुरुङ मन्त्री बन्ने दौडमा छन् ।
माओवादी नेता चुमान भने माओवादीले मन्त्री बन्नेहरुको नाम छनोट गरिसकेको बताएका छन् । स्रोतका अनुसार माओवादीले तीन मन्त्रालय पाए रेशमबहादुर जुग्जाली, फणीन्द्र देवकोटा सरकारमा पठाउने तयारी गरेको छ । एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ पनि मन्त्री बन्ने कसरतमा छन् । उनले सामाजिक विकास मन्त्रालय दाबी गरेका छन् । मनाङेले आफू मन्त्री बन्ने नबन्ने मुख्यमन्त्रीको हातमा नरहेको र केन्द्रको निर्णय अनुसार नै हुने बताउँदै आएका छन् ।

 

प्रकाशित मिति २०८० वैशाख २३ गते शनिबार ०८:३१
हजुरको प्रतिक्रिया