२०८३ साउन २१ गते बिहीबार

समाज

भारतीय सेनाप्रमुख नरवणे काठमाडौंमा आईपुगे

भारतीय सेनाप्रमुख नरवणे काठमाडौंमा आईपुगे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक १९ गते बुधबार ०३:२२

बुधबार मध्यान्ह भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे काठमाडौं आएका हुन् ।

सेनाप्रमुख नरवणे काठमाडौंमा

पाेखरा– तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् ।

आज (बुधबार) मध्यान्ह भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे काठमाडौं आएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको सैनिक श्रोतले बताएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नेपाली सेनाको जंगीअड्डा स्रोतले नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको उल्लेख गरेको छ ।

बुधबार सेनाध्यक्ष नरवणेको एयरपोर्टबाट सिधैँ होटल सोल्टीमा जाने र त्यसपछि साँझ पशुपति दर्शनमा जाने कार्यक्रम रहेको सैनिक श्रोतले जनाएको छ ।

बिहीबार बिहान टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगी अड्डाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षणपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल गर्नेछन् ।

प्रकाशित मिति २०७७ कात्तिक १९ गते बुधबार ०३:२२
हजुरको प्रतिक्रिया