२०८३ असोज २४ गते शनिबार

ढोरपाटनमा वैशाख पूर्णिमाको विशेष मेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार १२:४७

शुक्रबार बैशाख पूर्णिमाको अवसरमा ढोरपाटनको ढोरबराह मन्दिरमा विशेष मेला लाग्यो ।

पोखरा । ढोरपाटनको विशाल घाँसे मैदानसँगै छ, उत्तरगंगा ढोरबराह मन्दिर । यो मन्दिरमा वर्षमा २ पटक ठूलो मेला लाग्छ, वैशाख पूर्णिमा र जनैपूर्णिमाको दिन ।

शुक्रबार बैशाख पूर्णिमाको अवसरमा ढोरपाटनको ढोरबराह मन्दिरमा विशेष मेला लाग्यो । मेलामा बाग्लुङसँगै रुकुम पूर्व, रुकुम पश्चिम, म्याग्दी, रोल्पा, पाल्पा, प्युठानलगायत जिल्लाबाट हजारौं दर्शनार्थी सहभागी भए । मनोकांक्षा पूरा भएपछि सयौंको संख्यामा भेडाको साँढको बली दिए ।

हेरौं सहकर्मी विनोद ढुंगानाले कैद गरेको ढोरपाटनको ढोरबराह मन्दिरमा शुक्रबार लागेको मेलाको रौनक ।

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार १२:४७
हजुरको प्रतिक्रिया