२०८३ साउन २१ गते बिहीबार

गण्डकीको योजना आयोग उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त

गण्डकीको योजना आयोग उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २४ गते आइतबार ०६:३६

गोरखाको पालुङटार घर भएका देवकोटाले कोरियाबाट विपद् व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखाका देवकोटालाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

गोरखाको पालुङटार घर भएका देवकोटाले कोरियाबाट विपद् व्यवस्थापनमा विद्यावारिधि गरेका छन् ।

नीति तथा योजना आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । आयोगमा दुई जना सदस्य रहने व्यवस्था भए पनि हाल सदस्य नियुक्त गरिएको छैन ।

सरकार नीति तथा योजना र बजेटको तयारीमा रहेकाले काम अघि बढाउन तत्काललाई उपाध्यक्षमात्र नियुक्त गरिएको हो ।

प्रकाशित मिति २०८० वैशाख २४ गते आइतबार ०६:३६
हजुरको प्रतिक्रिया