२०८३ साउन २१ गते बिहीबार

वर्षा नहुँदा सुक्न थाल्यो मकै, नवलपुरका किसान चिन्तामा

वर्षा नहुँदा सुक्न थाल्यो मकै, नवलपुरका किसान चिन्तामा

राजु सुवेदी ‘कल्पित’

@Public 4K Tv

२०८० वैशाख २९ गते शुक्रबार १०:२८

अझै केही दिन वर्षा नभए मकै उत्पादनमा घट्ने अनुमान

नवलपुर

नवलपुरमा लामो समय वर्षा नहुदाँ किसानले लगाएको मकैको बोट सुक्न थालेको छ । खडेरीले मकैको बोट बारीमै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

नवलपुरको कावासोती, देबचुली गैंडाकोट मध्यबिन्दु लगायतका स्थानमा मकैको बोट धमाधम सुक्न थालेको हो । किसानले गोडमेल गरेको मकै लामो समय वर्षा नहुँदै सुकेको छ । वर्षा नहुँदा किसानले लगाएको तरकारी खेतीमा समेत असर परेको छ ।

नवलपुरमा धान सहित मुख्य खाद्यवालीको रुपमा मकैको खेती हुदै आइरहेको छ । अझै केही दिन वर्षा नभएको यो वर्ष जिल्लामा मकैको उत्पादनमा ह्रास आउने कृषि ज्ञान केन्द्र नवलपुरका बागबानी बिकास अधिकृत शकंर पौडेलले बताए । जिल्लामा जिल्लामा ४ हजार ५७० हेक्टर क्षेत्रफलमा मकैको खेती हुँदै आइरहेको छ । यो वर्ष १३ हजार ५३० मेट्रिकक टन मकै उत्पादन हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति २०८० वैशाख २९ गते शुक्रबार १०:२८

हजुरको प्रतिक्रिया