२०८३ साउन २१ गते बिहीबार

बिहीबार पोखराका १०० जनासहित प्रदेशमा थपिए १७८ संक्रमित

बिहीबार पोखराका १०० जनासहित प्रदेशमा थपिए १७८ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २० गते बिहीबार १२:२७

पोखरा । पोखरा महानगरपालिकामा बिहीबार थप १०० जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अंक गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ११ : ४५ बजेसम्म जारी गरेको तथ्याङ्क मात्र हो । पछिल्ला केहि दिनको आँकडा र आज सार्वजनिक...

गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८ हजार ४४२ पुग्यो

पोखरा । पोखरा महानगरपालिकामा बिहीबार थप १०० जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अंक गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ११ : ४५ बजेसम्म जारी गरेको तथ्याङ्क मात्र हो । पछिल्ला केहि दिनको आँकडा र आज सार्वजनिक अ‌ंक  हेर्दा पोखरा बास्तवमै कोरोनाको हटस्पट बनेकाे पुष्टि हुन्छ ।

बिहीबार हालसम्म प्रदेशमा १७८ जना काेराेना पोजेटिभ भेटिएकाे निर्देशनालयले जनाएको छ । जसअनुसार नवलपरासीमा ४७ जना, पर्वतमा १४ जना, तनहुँमा ११ जना,  लमजुङ्मा २ जना,  स्याङ्जामा २ जना, बागलुङ्मा २ जना रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

गण्डकी प्रदेशमा हालसम्म कुल ८ हजार ४४२ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार १२:२७
हजुरको प्रतिक्रिया