नवलपुर
नारायणी नदी र मध्यवर्ती सामुदायिक वन नवलपुरको पर्यटनको आधारस्तम्भ हुन् । पर्यटकको चाप बढेसँगै नारायणी र मध्यवर्ती वन क्षेत्रमा फोेहोरमैला पनि बढेको छ ।
मंगलबार नारायणी नदी र मध्यवर्ती सामुदायिक वन क्षेत्रको सरसफाइ गरिएको छ । लामिचौर उपभोक्ता समिति अन्तर्गतको कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा यहाँ क्रियाशिल विभिन्न संघसंस्था मिलेर सरसफाइ गरेका हुन् ।
झन्डै १ सय जना सहभागि सरसफाइ अभियानमा २ ट्याक्टर फोहोर संकलन भएको छ ।
२ समुह विभाजन गरेर यहाँको जमुना स्वर्गद्वारी घाट, नारायणी तीर, साढको घाट, नमुनाको हरियो मचान, बिजुली चाप इलाका लगायत क्षेत्रमा फ्याँकिएको सिसाजन्य, प्लाष्टिकजन्य र घाटमा छरिएका कपडा लगायतका फोहोर संकलन गरिएको छ । सरसफाइ अभियान नियमित सञ्चालन गर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ऋषि चापागाईंले बताए ।
प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०६:४२