२०८३ साउन २१ गते बिहीबार

आज विश्व दूरसञ्चार दिवस

आज विश्व दूरसञ्चार दिवस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ३ गते बुधबार ०८:२७

विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि हरेक वर्ष मनाउने गरिएको छ ।

पोखरा

आजद विश्व दूरसञ्चार र सूचना समाज दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि हरेक वर्ष मनाउने गरिएको छ । दूरसञ्चारको विकाससँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ ।

यसैबीच, नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले सूचना निकालेर केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति २०८० जेठ ३ गते बुधबार ०८:२७
हजुरको प्रतिक्रिया