२०८३ साउन २१ गते बिहीबार

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ ६ गते शनिबार ०८:३४

'पहिरो विहान मात्र करिव २ घण्टा भन्दा लगाएर पहिरो पन्छ्याई आवतजावत कार्य सुचारु भएको थियो', वडाध्यक्ष गुरुङले भने, 'तर आज दिन भरि परेको बर्षाले पुनः सोही ठाउँमा ठूलो मात्रामा पहिरो खसि आवतजावत अवरुद्ध भएको छ ।'

पोखरा
शुक्रबारदेखि निरन्तर परेको झरीका कारण पहिरो जाँदा पोखरा-सिकलेस सडकखण्ड अवरुद्ध भएको छ । मादी गाउँपालिका पार्चेमा रहेको कु खोला पहिरो जाँदा आवतजावत बन्द भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

वडाध्यक्ष गुरुङका अनुसार शुक्रबारको बर्षातका कारण कु खोलामा गएको पहिरो शनिबार बिहान करिब २ घन्टा लगाएर खुलाइएको थियो । तर, बर्षात नरोकिएका कारण फेरि पहिरो गएकाले बाटो अवरुद्ध भएको हो ।
‘पहिरो विहान मात्र करिव २ घण्टा भन्दा लगाएर पहिरो पन्छ्याई आवतजावत कार्य सुचारु भएको थियो’, वडाध्यक्ष गुरुङले भने, ‘तर आज दिन भरि परेको बर्षाले पुनः सोही ठाउँमा ठूलो मात्रामा पहिरो खसि आवतजावत अवरुद्ध भएको छ ।’

पानी नरोकिएकाले पहिरो अझै जान सक्ने सम्भावना रहेको र पहिरो आइतबारमात्रै पन्छाइने वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘चिप्लीदेखी, खिलाङ, पार्चे लगायतका ठाउँ ठाउँमा अविरल वर्षाले पहिरो खसिरहेको छ’, उनले भने ।

प्रकाशित मिति २०८० जेठ ६ गते शनिबार ०८:३४
हजुरको प्रतिक्रिया