२०८३ साउन २१ गते बिहीबार

पोखरामा जेठ १२ र १३ गते दोस्रो स्क्वास प्रतियोगिता

पोखरामा जेठ १२ र १३ गते दोस्रो स्क्वास प्रतियोगिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १० गते बुधबार ०६:२०

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा जेठ १२ र १३ गते महानगरस्तरीय दोस्रो स्क्वास प्रतियोगिता हुने भएको छ ।

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन, कास्कीको व्यवस्थापनमा जेठ १२ र १३ गते महानगरस्तरीय दोस्रो स्क्वास प्रतियोगिता हुने भएको छ ।

भेट्रान्स र खुल्ला गरेर दुई विधामा प्रतियोगिता हुने प्रतियोगिता संयोजक विश्वकुमार विजुक्छेले जानकारी दिए । प्रतियोगिता रंगशालास्थित स्क्वास राकेट भवनमा हुनेछ ।

दुई दशकभन्दा अगाडिदेखि नै खेल्न सुरू भए पनि यो खेलबारे कमै चर्चा हुने गर्छ । त्यसैले खेल प्रवद्र्धन र भइरहेका खेलाडीको स्तरोन्नति गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको स्क्वास राकेट एसोसिएसन, कास्कीका महासचिव प्रवीण पालिखेले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारसहित मेडर र प्रमाणपत्र पुरस्कार दिइने छ । तृतीय हुने दुई जनाले पुरस्कार पाउने छन् । ‘खेल भनेको पैसाका लागि मात्र हुँदैन । पुरस्कार कति हुन्छ प्रतियोगिताकै दिन थाहा हुन्छ । प्रथम हुनेलाई १० हजार रूपैयाँभन्दा कम हुँदैन,’ प्रतियोगिता संयोजक विजुक्छेले भने ।

प्रतियोगितामा दुवै विधातर्फ गरेर ४० जनाभन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ ।

प्रकाशित मिति २०८० जेठ १० गते बुधबार ०६:२०
हजुरको प्रतिक्रिया