२०८३ साउन २१ गते बिहीबार

पशुपतिनाथ मन्दिरबाट हराएकाे ११ किलो सुन गायवको अन्तर्य यस्तो छ

पशुपतिनाथ मन्दिरबाट हराएकाे ११ किलो सुन गायवको अन्तर्य यस्तो छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १३ गते शनिबार ०२:४२

काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृह पूर्ण रुपमा ढाक्ने उद्येश्यले १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न नेपाल राष्ट्र बैंकलाई जिम्मा दिइयो । बैंकले ८० करोड ११ हजार रुपैयाँमा आवश्यक सुन खरिद ग¥यो । उक्त सुनमापछि तामा, चाँदी र जिंक मिसाएर...

काठमाडौं । पशुपतिनाथ मन्दिरको गर्भगृह पूर्ण रुपमा ढाक्ने उद्येश्यले १०३ किलो ७७३ ग्राम सुन खरिद गर्न नेपाल राष्ट्र बैंकलाई जिम्मा दिइयो । बैंकले ८० करोड ११ हजार रुपैयाँमा आवश्यक सुन खरिद ग¥यो । उक्त सुनमापछि तामा, चाँदी र जिंक मिसाएर परिमाण १०७ किलो ९२४ ग्राम पु¥यो । तर,पछि नापतौल गर्दा उक्त सुन ९६ किलो ८२२ ग्राम मात्रै रहेको भेटियो ।

जलहरी निर्माणका क्रममा १० किलो ९७६ ग्राम सुन गायव भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी प¥यो । तर, अख्तियारले उक्त उजुरीमाथि हालसम्म पनि कारबाही प्रकृया अघि बढाएको छैन । तत्कालिन बजार भाउ अनुसार उक्त सुनको मुख्य सात करोड ८७ ४६ रुपैयाँ पर्छ ।

उक्त बिषयमाथि महालेखापरीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा जलहरी निर्माणका लागि १०३ किलो ७७३ ग्राम सुन खरिद गरिएकोमा नापतौल गर्दा ९६.८२२ किलो मात्रै भेटिएको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ,‘पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्राम प्रयोग गरी १०७ किलो ९२४ ग्राम सुन कायम भएको उल्लेख छ । निर्मित जलहरी, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६.८२२ ग्राम मात्रै रहेको छ ।’

सुन खरिद गर्न तत्कालिन केअी शर्मा ओली नेतृत्वको सरकारले ३० करोड रुपैयाँ दिने घोषणा गरेको थियो । बाँकी रकम भने पशुपति क्षेत्र विकास कोषले जुटाएको थियो । यही विषयमा ओलीलाई लक्षीत गर्दै माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले अभिव्यक्ति राखेपछि शुक्रवार संसदमा हङगामा मच्चिएको थियो । एमालेले शुक्रवार संसद नै अवरोध गरेका थिए ।

एमाले प्रमुख सचेतक पदम गिरी जलहरी प्रकरणमा एमाले अध्यक्ष ओलीलाई जोड्ने पूर्वग्राही रहेको बताउँछन् । जलहरी खरिदका लागि तत्कालिन सरकारले रकम मात्रै उपलब्ध गराएको र खरिद प्रकृयामा पशुपति क्षेत्र विकास कोष संलग्न भएको उनको भनाई छ । त्यसो हुँद जलहरी प्रकरणमा ओलीको संलग्नता नहरने उनको तर्क छ ।
उनी भन्छन्,‘जलहरी खरिद गर्न तत्कालिन सरकारले रकम मात्रै उपलब्ध गराएको हो । खरिदको सबै प्रकृया पशुपति क्षेत्र विकास कोषले नै गरेको हो । भ्रष्टचार भएकै हो भने यसको जिम्मेवारी कोषले नै लिनुपर्छ । यसमा केपी ओलीलाई जोड्नु आवश्यक छैन ।’

खरिद गरिएको सुन एकाएक गायब भएको बिषयमा चौतर्फी विरोध हुन थालेपछि पशुपति क्षेत्र विकास कोषले उब्रिएको १० किलो ९७६ ग्राम सुन रिङ बनाई जलहरीमा लगाइएको बताएको थियो ।

महालेखाले जलहरी निर्माणमा संलग्न कालीगढको ज्यालामा समेत प्रश्न उठाएको छ । सञ्चालक परिषद्को १४ माघ ०७७ मा बसेको बैठकले जलहरी निर्माणका लागि आवश्यक ज्याला दातामार्फत सोझै कालीगढलाई भुक्तानी गर्ने निर्णय गरेको थियो । तर, दाताबाट ब्यहोरिएको रकमको हिसावकिताव क्षेत्र विकास कोषसँग छैन ।

महालेखाको प्रतिवेदनमा भनिएको छ,‘सञ्चालक परिषद्को १४ माघ ०७७ को बैठकले सुनको जहरी निर्माण कार्यका लागि आवश्यक ज्याला दातामार्फत सोझै कालीगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको देखिन्छ । सुनको खरिद कार्य रु ८० करोड ११ हजारमा भएको देखिन्छ । सो जलहरी निर्माण कार्यका लागि दाताबाट व्यहोरेको रकमको हिसाव लेखांकन गरेको छैन ।’

जलहरी निर्माणमा पाटन औद्योगिक क्षेत्रको रिलिङ मिल्समार्फत १३ कालिगढ संलग्न थिए । उनीहरुलाई भुक्तानी गरिएको ज्यालाको विवरण क्षेत्र विकास कोषसँग छैन ।

प्रकाशित मिति २०८० जेठ १३ गते शनिबार ०२:४२
हजुरको प्रतिक्रिया