२०८३ साउन २१ गते बिहीबार

प्रेस युनियनको निर्वाचित समितिको पदस्थापन

प्रेस युनियनको निर्वाचित समितिको पदस्थापन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १५ गते सोमबार ०८:१८

जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको अधिवेशनले वासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो ।

पोखरा

नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको आइतबार पदस्थापन गरिएको छ ।नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए ।

जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको अधिवेशनले वासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सहसचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए । सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोबर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक चयन भएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अंग भएको बताएका छन् । मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने समेत आग्रह गरे ।

प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०८:१८
हजुरको प्रतिक्रिया