पोखरा
सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताए । उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरि घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताए ।
उनले महानगर र उपमहानगरमा वेज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने घोषणा गरे । अर्थमन्त्री महतले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकरमार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम कार्यान्वयन हुनेछ ।
महतले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तिब्रता दिने बताए ।
औद्योगिक प्रवद्र्धधन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताए । उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने मन्त्री महतको भनाइ छ ।
प्रकाशित मिति २०८० जेठ १५ गते सोमबार ०६:०७




