२०८३ साउन २१ गते बिहीबार

नारायणगढ-बुटवल सडक: आसपासका बस्तीमा स्वास्थ्य समस्या बढ्दै

राजु सुवेदी ‘कल्पित’

@Public 4K Tv

२०८० जेठ १८ गते बिहीबार ०८:१०

डकको धुलोले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा समस्या देखिएको छ । सडक निर्माण सुरु भएपछि धुलोकै कारण अस्पताल पुग्ने श्वासप्रश्वासका बिरामी बढिरहेका छन् ।

सहमती विपरित ठेकेदारको काम, व्यवसाय चौपट

नवलपुर
बुटवल–नारायणगढ सडक ४ लेन बनाउन सुरु भएको ५ बर्ष भयोे । ४२ महिनामा काम सक्ने सम्झौता गरेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बल्ल २६ प्रतिशत मात्रै काम सकाएको छ । यहि गतिमा काम भए अझै १० वर्ष समय लाग्नेछ । कछुवा गतिको कामले यात्रा झन्झट लाग्दो त छ नै स्तरोन्नतीका लागि भत्काइएको धुलाम्मे सडकले आसपासका बस्तीका स्थानीयको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

२०७५ चैत ८ गते बुटवलमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बुटवल सडकको शिलन्यास गर्दा सडक आसपासका बस्तीवासीमा खुशियालि थियो । उनीहरुले सपना देखेका थिए, ‘साढे ३ वर्षमा ४ लेनको सडक बन्छ । सहज यात्रासँगै विकासले फड्को मार्नेछ ।’ तर, त्यही सडक सम्झौता अनुसार काम पूरा नहुँदा अहिले स्थानीयलाई समस्या पोको भएको छ ।

स्तरोन्नतीका गर्न भत्काइएको सडकमा घाम लाग्दा बुङ्बुङती धुलो उड्छ । धुलोकै कारण स्थानीय आजित छन् । उनीहरुको स्वास्थ्यमा गम्भिर असर परिरहेको छ । सम्झौतामा निर्माण कम्पनीले साविकको लेन नभत्काइ दायाँबायाँको लेन तयार पार्ने, नियमित पानी हालेर धुलो उड्न नदिने, खाल्डाखुल्डी पुर्ने लगायत उल्लेख थियो । तर, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सम्झौता अनुसार काम गरेको छैन । लापरवाहीको हद नाघ्दा सर्वसाधारणको स्वास्थ्यमाथि गम्भिर खेलवाड भइरहेको छ ।

सडकको धुलोले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा समस्या देखिएको छ । सडक निर्माण सुरु भएपछि धुलोकै कारण अस्पताल पुग्ने श्वासप्रश्वासका बिरामी बढिरहेका छन् ।

अस्पताल पुग्ने अधिकांश बिरामी दमका भेटिन्छन् । धुलोले दमसँगै एलर्जी, निमोनिया, आस्थामा लगायत बिरामी समेत बढिरहेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए ।

स्थानीय बालकृष्ण पौडेलले भने, ‘पानी परे हिलोले सडकमा यात्रा गरिसाध्य हुन्न । घाम लाग्दा सडक आसपासका घर धुलो ढपक्कै ढाकिन्छ । घरका भान्छासम्मै धुलो पुग्छ । घाँसपातमा उस्तै धुलो छ । पशुचौपायको स्वास्थ्य पनि बिग्रदो छ । सडक आसपासका व्यवसाय धुलोकै कारण प्रभावित छन् । ’

सडकको धुलो कम गर्न र खाल्डाखुल्डी पुर्न स्थानीयले पटक पटक निर्माण कम्पनीसँग आग्रह गरेका छन् । चिनियाँ निर्माण कम्पनी कानमा तेल हालेर बस्छ, तर समस्या समाधानमा पटक्कै ध्यान नदिदाँ नवलपुरवासी आजित भएका छन् । उसो त सम्झौता अनुसार काम नहुँदा पनि नियमनकारी निकाय सडक विभाग मौन र रमिते छ ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि ४ लेनको बनाउन सुरु भएको हो । २०७५ माघ २४ गते सम्झौता भएको सडकको काम ४२ महिनामा सक्नुपर्ने हो ।

तोकिएको मितिमा काम नभएपछि थप १ वर्ष म्याद थप भएको छ । थपिएको म्याद पनि आउने साउन २२ गते सकिदैंछ । थपिएको १ वर्षको प्रगति जम्मा २ प्रतिशत मात्र छ ।

ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले अहिले काम नै रोकेर पुनः डेढ वर्ष म्याद थप्न सडक विभागसंग लबिङ गरिरहेको छ ।

 

प्रकाशित मिति २०८० जेठ १८ गते बिहीबार ०८:१०
हजुरको प्रतिक्रिया