२०८३ साउन २१ गते बिहीबार

ग्लोबल आइएमई बैंकले गर्‍यो वृक्षारोपण

ग्लोबल आइएमई बैंकले गर्‍यो वृक्षारोपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २२ गते सोमबार १२:४७

पोखरा फुटबल स्टेडियमको वरपर विभिन्न प्रजातिका १०४ वटा बिरुवा रोपिएको बैंकका गण्डकी प्रदेश कार्यालय प्रवन्धक नारायण प्रसाद पौडेलले बताए ।

पोखरा

ग्लोबल आइएमई बैंकले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ । रंगशालालाई हरियाली बनाउने अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर बैंकले वृक्षरोपण गरेको हो ।

पोखरा फुटबल स्टेडियमको वरपर विभिन्न प्रजातिका १०४ वटा बिरुवा रोपिएको बैंकका गण्डकी प्रदेश कार्यालय प्रवन्धक नारायण प्रसाद पौडेलले बताए ।

विश्व वातावरण दिवसको अवसर पारेर बैंकले आज देशभर नै वृक्षारोपण गरेको पनि उनले जानकारी दिए । वातावरण जोगाउन सबैले भुमिका खेल्नुपर्नेमा उनको जोड थियो ।

ग्लोबल आइएमई ‘क’ वर्गको बैंक हो जसका देशभर ३५७ वटा शाखा रहेका छन् भने गण्डकीमा ४५ वटा शाखा छन् ।

प्रकाशित मिति २०८० जेठ २२ गते सोमबार १२:४७
हजुरको प्रतिक्रिया