२०८३ साउन २१ गते बिहीबार

भूमिगत लाइनमा समस्या देखिएपछि माडीमा विद्युत सेवा अवरुद्ध

भूमिगत लाइनमा समस्या देखिएपछि माडीमा विद्युत सेवा अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २२ गते सोमबार ०५:०१

चितवन । चितवनको माडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीमा गएरातिबाट विद्युत सेवा बन्द भएको हो । निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा...

चितवन । चितवनको माडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीमा गएरातिबाट विद्युत सेवा बन्द भएको हो ।

निकुञ्ज क्षेत्रमा बिछ्याइएको भूमिगत लाइनमा पटकपटक समस्या हुँदा माडीमा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

चनौली जगतपुर माडी ३३ केभी सवप्रशारण लाइनअन्तर्गत निकुञ्ज क्षेत्रभित्र केबुल बिग्रिएकाले मर्मतका लागि तयारी गरिएको चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले जानकारी दिए ।

प्राधिकरणको टोली विद्युतलाइन सप्लाइमा अवरोध भएको ठाउँ पहिचान र मर्मतका लागि गएको कार्यालय प्रमुख लम्सालले जानकारी दिए । फल्ट लोकेटर मेसिनको सहायताले समस्या पत्ता लगाई छिटोभन्दा छिटो सेवा सञ्चालन गरिने लम्सालले बताए ।

निकुञ्जसँग स्वीकृत लिएर मात्रै निकुञ्जभित्र काम गर्नुपर्ने भएकाले आवश्यक समन्वय गरिएको उनको भनाइ छ । ‘हामीसँग मेसिन छ, चाँडै नै फल्ट पत्ता लगाएर सेवा सञ्चालन गछौं, तर दूरी लामो भएकाले कहिलेकाँही लामो दूरीमा एक्युरेसी कम हुँदा अलि समस्या हुँदो रहेछ,’ वितरण केन्द्रका प्रमुख लम्सालले भने, ‘ढिलोमा दुई दिनभित्र मर्मत गरी विद्युत सञ्चालन हुन्छ ।’ सोनामिटरको सहायता तथा उच्च भोल्ट पठाएर समेत फल्ट पत्ता लगाउन सकिन्छ ।

माडीमा विद्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ । त्यसका सात ठाउँमा ज्वाइन्टहरू छन् । ती ठाउँहरुमा पटक पटक समस्या आउने गरेको छ । भूमिगत लाइन विछ्याउँदा नै त्रुटि गरेका कारणले पटकपटक समस्या आउने गरेको प्राधिकरणका कर्मचारी बताउँछन् ।

प्रकाशित मिति २०७७ भदौ २२ गते सोमबार ०५:०१
हजुरको प्रतिक्रिया