२०८३ साउन २१ गते बिहीबार

यती एयरलाइन्सको जहाज दुर्घटनाः क्षतिपूर्तिको हकदाबी गर्न ३५ दिने सूचना

यती एयरलाइन्सको जहाज दुर्घटनाः क्षतिपूर्तिको हकदाबी गर्न ३५ दिने सूचना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २३ गते मंगलबार ०२:५१

निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ ।

पोखरा

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ ।

गत २०७९ माघ १ गते भएको र्घटनाका १८ जना पीडितका परिवारले मात्र क्षतिपूर्तिका लागि निवेदन दिएका थिए । निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ ।

कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि आएका निवेदनमा एयरलाइन्सले तोकेका कानुनी व्यवसायी प्रधान एण्ड एसोसियट्स प्रालिको कार्यालय बखुण्डोलले प्रदान गर्ने भन्दै एयरलाइन्सले क्षतिपूर्तिमा दाबी विरोधका लागि ३५ दिन भित्र सम्पर्क गर्न भनेको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९ एन–एएनसी जहाज दुर्घटनामा परेको थियो । जसमा सवार ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति २०८० जेठ २३ गते मंगलबार ०२:५१
हजुरको प्रतिक्रिया