२०८३ साउन २१ गते बिहीबार

नीति तथा कार्यक्रमको छलफल जारी

नीति तथा कार्यक्रमको छलफल जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २५ गते बिहीबार ०९:४६

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत २१ जेठमा आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

पोखरा

गण्डकी प्रदेश सरकारले आगामी वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम माथि छलफल जारी छ । दुई दिन देखि जारी छलफल आज बिहीबार पनि हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत २१ जेठमा आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम बारेमा छलफल गर्न गण्डकी प्रदेश सभाको बैठक बिहान ११ बजे बस्दैछ । हिजो गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पञ्चराम गुरुङले एकल पुरुषका लागि पनि सरकारले भत्ता व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका उनले महिला र पुरुष समान रहेको भनिए पनि एकल पुरुषले संरक्षणको महसुस नगरेको दाबी गरे । जुनसुकै उमेर समूहका श्रीमती बितेका पुरुषहरुलाई पनि एकल पुरुष भत्ताको व्यवस्था गर्न उनको माग छ ।

छलफलमा भाग लिँदा विपक्ष दलका सांसदहरुले नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउन नसकेको टिप्पणी गरेका छन् भने सत्ता पक्षीय सांसदले त्यसको बचाउ गर्दै आएका छन् ।

प्रकाशित मिति २०८० जेठ २५ गते बिहीबार ०९:४६
हजुरको प्रतिक्रिया