पोखरा
लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको आयोजनामा क्लबका पूर्वअध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्म दिनको अवसरमा आयोजना गरिँदै आएको रक्तदान कार्यक्रममा ४९ युनिट रगत संकलन भएको छ । विगत सात वर्ष देखि तिमिल्सिनाको जन्मदीनको अवसरमा जेठ २५ गते आयोजना हुँदै आएको रक्तदान मेडिप्लस हस्पिटलमा भएको हो ।
रक्तदान कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताए । गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक एवम क्लबका पूर्वअध्यक्ष लक्ष्मण तिमिल्सिनाले रक्तदानले स्वास्थ्यमा असर नगर्ने र रक्तदान गर्दा रगत पातलो हुनुका साथै मृत रक्तकोष सफाइका साथै रक्त प्रवाहमा समेत सहयोग पुग्ने बताए ।
कार्यक्रमका संयोजक डा.सरोज पोखरेलको अध्यक्षतामा भएको थियो । यस वर्षको रक्तदान कार्यक्रममा मेडिप्लस हस्पिटल,हाम्रो गन्तव्य बहुद्देश्यीय सहकारी सस्था, लायन्स क्लब अफ पोखरा डेस्टिनेसन र लियो क्लब अफ पोखरा डेस्टिनेसनले समन्वय गरेका थिए ।
यसैबीच आफ्नो जन्म दिनमा लक्ष्मण तिमिल्सिनाले पढेको विद्यालय धर्मस्थली आधारभूत विद्यालयमा स्टेसनरी वितरण गरेका छन् । आमा र दाजुसँगै विद्यालयमा जाने र त्यहा अध्ययनरत विद्यार्थिलाई स्टेसनरी वितरण एवं अनुभव आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा धर्मस्थली आधारभूत विद्यालयमा अध्ययन ३० जना विद्यार्थीलाई शैक्षिक सामाग्री विद्यालयका पूर्वप्रधानाध्यापक केदारनाथ बरालले हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता विद्यालयको निमित्त प्रधानाध्यापक निर्मला पोखरेलले गरेकी थिइन् थिए भने सञ्चालन विद्यालयका शिक्षक हरिशचन्द्र अधिकारीले गरेका थिए ।
प्रकाशित मिति २०८० जेठ २६ गते शुक्रबार ०८:३२




