२०८३ साउन २१ गते बिहीबार

गर्मी बढेपछि शुक्लागण्डकीका विद्यालय बन्द

गर्मी बढेपछि शुक्लागण्डकीका विद्यालय बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २७ गते शनिबार ०८:१८

अहिले दिएको विदा वर्षे विदाबाट कट्टी हुने उनको भनाइ छ ।

पोखरा

अत्याधिक गर्मी बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले विद्यालय बन्द गराउने भएको छ । आइतबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न नगरपालिकाले निर्देशन दिएको हो ।

तराइका जिल्लामा मात्रै नभएर पहाडी जिल्लामा पनि रेकर्ड तोड्ने गरेर तापक्रम बढिरहेको छ । अत्याधिक बढेको गर्मीले पठनपाठन प्रभावित र विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएकाले विद्यालय बन्द गराउने निर्णय गरेको शिक्षा अधिकृत ज्योतिप्रकाश तिम्लसेनाले बताए । अहिले दिएको विदा वर्षे विदाबाट कट्टी हुने उनको भनाइ छ ।

शुक्लागण्डकीको हंशवाहिनी माध्यमिक विद्यालयले भने नगरपालिकाले निर्णय गर्नु आगवै विदा दिइसकेको छ ।

गर्मी अध्याधिक भएपछि तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले पनि विदा दिएका छन् ।

प्रकाशित मिति २०८० जेठ २७ गते शनिबार ०८:१८
हजुरको प्रतिक्रिया